डुडुवा गाउँपालिकाद्वारा योजना कार्यान्वयन, ६ नम्बर वडामा सडक निर्माण शुरु

शनिबार, वैशाख ६, २०८२

डुडुवा बाँकेको डुडुवा गाउँपालिकामा विकास निमार्णको कार्य भईरहेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१-०८२ का विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको हो । 

गत वर्षको निमार्ण बाँकी रहेका योजनाहरुको निरन्तरता र नयाँ योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए । उहाँका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा सडक, भौतिक पुर्वाधार, नाला, मर्मत सम्भारलगायतका कार्य भईरहेको छ । 

गाउँपालिकाको वार्ड नं.६ मा केहीदिन एउटा सडकको निमार्णको कार्य शुरु भएको छ । हिरिमिनियाको मुल सडकदेखि निमार्णाधिन कोल्डस्टोरसम्म ८ सय २८ मिटर लामो सडकको निमार्ण शुरु भएको हो । उक्त सडकको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै ग्रामिण क्षेत्रमा अवातजावतका लागि सडकको राम्रो सुविधा नभएकाले सडकलाई प्राथमिकतामा राखी निमार्ण गरिएको बताए । 

उनले सडक, विजुली, पुर्वाधारले नै गाउँ टोलको विकास हुने भएकाले प्रयाप्त बजेटको अभावमा सोचे अनुसारको सडक निमार्ण गर्न नसकेको बताए । 

तीन करोड १९ लाख १८ हजार ६ सय ४८  रुपैयाँ  (भ्याटसहित) को लागतमा रेग्मी कल्पेश्वर जेवी नेपालगन्ज कम्पनीले निमार्णको जिम्मा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले बताए । नालासहित असफाल्ट ककंक्रीट र पिसिसी सडक निमार्ण गरिने छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्