बढैयातालको कण्ठपुरबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

शनिबार, वैशाख ६, २०८२
Honor 600 pro

बर्दिया। बर्दियाको बढैयाताल गाउँपालिकाबाट ब्राउन सुगरसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले बढैयाताल गाउँपालिकाबाट-८  कण्ठपुरबाट २ सय  मिलिग्राम ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमाजिल्ला स्थित मधुवन नगरपालिका-९ का २३ वर्षीय टेक बहादुर पुन र २३ वर्षीय अमित सुनार रहेका छन् । उनीहरुलाई भारतको बलईगाउँबाट बर्दियाको  कण्ठपुरट आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। 

शुक्रबार पक्राउ गरेर अमित र टेकलाई ५ दिनको म्याद थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्