जमुनाह नाकाबाट ३३ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

शुक्रबार, वैशाख ५, २०८२
honor mob  winter sales

नेपालगञ्ज। बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट ब्राउन सुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

Honor x7 pad

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  नेपालगञ्ज र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले आज नेपालगञ्ज-१५ जमुनाह नाकाबाट ब्राउन सुगरसहित २२ वर्षीय प्रवेश सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रवेशलाई भारतीय सीमावर्ती बजार रुपiडिहाबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा ३३ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित  पक्राउ परेका हुन् । 

ब्राउन सुगर पक्राउ परेका प्रवेशलाई जमुनाहबाट जिल्ला प्रहरी कार्यालय लिएर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २०:५०
प्रतिक्रिया दिनुहोस्