ग्रामीण विकास लघु बित्त बित्तीय संस्था लुम्बिनीको अधिवेशनबाट ज्ञवाली सर्वसम्मत अध्यक्ष चयन

शनिबार, साउन २०, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपाल बित्तीय संस्था कर्मचारी संघ ग्रामीण विकास लघु बित्त बित्तीय संस्था लुम्बिनी प्रदेश कार्यालय (क) नेपालगञ्जको तेस्रो प्रदेश अधिवेशन आज नेपालगञ्जमा सम्पन्न भएको छ । 

Honor x7 pad

लुम्बिनी प्रदेश कार्यालय (क) नेपालगञ्ज अन्तर्गत पर्ने ५ जिल्ला बाँके, बर्दिया, दाङ, रोल्पा र प्युठान जिल्ला अधिवेशनबाट चुनिएर आएका प्रदेश प्रतिनिधिले भाग लिएको अधिवेशनमा सर्वसम्मतरुपमा विशाल ज्ञवालीको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति चयन गरिएको छ ।  

प्रदेश अध्यक्ष रोशन केसीको सभापतित्वमा भएको प्रदेश अधिवेशन नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्लको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशन उद्घाटन सत्रमा नेपाल ट्रेड यूनियन कांग्रेस लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष मुकुन्द अधिकारी, नेपाल बित्तीय संस्था राष्ट्रिय समिति लुम्बिनी प्रदेश अध्यक्ष यदुनन्दन भण्डारी, केन्द्रीय सदस्य राजेन्द्र बहादुर केसी, लक्ष्मी पौडेल, मोहम्मद रिजवानले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

त्यस अवसरमा यही साउन १४ गतेदेखि ३० बर्षे सेवा अवधि पूरा गरेका संस्थाका बरिष्ठ अधिकृत तथा युनियनका संस्थापक महासचिव खडक बहादुर शाहीलाई कदरपत्रले सम्मान गरिएको थियो 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  २१:४५
प्रतिक्रिया दिनुहोस्