कर्मचारीको निधनमा राप्तीसोनारी गाउँपालिकामा भोलि शोक बिदा

मंगलबार, वैशाख २, २०८२

राप्तीसोनारी। राप्तीसोनारी गाउँपालिकाले भोलि शोक बिदा दिएको छ। गाउँपलिकामा कार्यालय सहयोगी पदमा कार्यरत पिताराम थारुको निधनमा गाउँपालिकाले शोक बिदा दिएको हो।

Honor x5c

थारुको निधनमा बुधबार शोक बिदा दिइएको राप्तीसोनारी गाउँपालिकाले जनाएको छ। 

शोक बिदाका दिन गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य कार्यालयका प्रशासन शाखा र शैक्षिक संस्थाहरु बन्द रहने गाउँपालिकाले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्