पूर्वआईजीपी राणाको निधन

आइतबार, चैत ३१, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी प्रदीप शमशेर राणाको निधन भएको छ । गएराति नर्भिक अस्पतालमा ७८ वर्षको उमेरमा राणाको निधन भएको हो । 

पूर्व आईजीपी राणाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

वि.स.  २०५७ असोजदेखि २०५९ पुससम्म राणा नेपाल प्रहरीको आईजीपी रहेका थिए। स्व. राणाका छोरा  दीपशमशेर जबरा पनि हाल नेपाल प्रहरीको एसएसपी छन् ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्