जुवाखालबाट १३ जना जुवाडे पक्राउ

शनिबार, चैत ३०, २०८१
honor mob  winter sales

नेपालगन्ज  । प्रहरीले जुवाखालमा छापा मार्दै १३ जना जुवाडेलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका-३  स्थित सुप रेष्टुरेन्ट एण्ड लजको जुवाखालबाट १३ जनालाई पक्राउ गरेको हो।

Honor x7 pad

जुवा भइरहेको विशेष सूचना पाएर गएको प्रहरीले टोलीले लज सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको हो।
कैलाली प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी-३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षीय नवीन थापा, ३० वर्षीय मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका-२ बस्ने ४१ वर्षीय दुर्गा अधिकारी रहेका छन् ।

यसैगरी बझाङको छविस पाथिभेरा गाउँपालिका-२ का ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका-६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका-१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रहरीले जुवाखालबाट १ लाख १२ हजार ३२० रूपैयाँ, तीन गड्डी तास, २ वटा मोटरसाइकल र एउटा स्कुटर समेत बरामद गरेको हो।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्