प्रहरी हवल्दार कुट्ने जयराम पक्राउ, फरारको खोजी गर्दै बर्दिया प्रहरी

बुधबार, चैत २७, २०८१
honor mob  winter sales

बर्दिया । बर्दियामा ड्युटीमा रहेका प्रहरी हवल्दारलाई कुटपिटमा संलग्न रहेको आरोपमामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय बर्दियाले एक प्रेस विज्ञप्ति जारी गर्दै गुलरिया नगरपालिका-४ बलौरीका जयराम गोडियालाई प्रहरी हवल्दार आरिफ अली बेहनालाई कुटपिट गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।

चैत २५ गते राति जयरामको घरमा उनको छोराको  मुन्डनको कार्यक्रममा राति अवेरसम्म चर्को आवाजमा डिजे बजाएर ध्वनी प्रदुषण गराएको भन्दै स्थानीयले प्रहरीलाई गुनासो गरेपछि जिल्ला प्रहरी कार्यालय बर्दियाबाट राती साढे १२ बजे सम्झाउन गएको प्रहरी टोलीलाई  जयरामसहित अन्य व्यक्तिले लाठी तथा ढु‌ङ्गामुढा प्रहार गर्दा प्रहरी हवल्दार बेहना घाइते भएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

हाल उपचाररत रहेका हवल्दार बेहनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। बर्दिया प्रहरीले जयरामलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ भने  फरार रहेकाहरुको खोजीकार्य जारी राख्दै जयरामविरुद्ध थप थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

जिल्ला प्रहरी बर्दिया जारी प्रेस विज्ञप्तिमा भनेको छ-"यसप्रकार कानूनद्वारा तोकिएको कामकर्तव्य पालना गर्ने क्रममा प्रहरी कर्मचारी माथि भौतिक आक्रमण, दुर्व्यवहार वा अन्य कुनै पनि प्रकारका अनावश्यक हस्तक्षप गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गरिने कुरा सम्पूर्णमा सचेत गराउदछौं। सार्वजनिक शान्ति खल्बल्याउने कार्य गर्ने तथा राष्ट्रसेवक प्रहरी कर्मचारीलाई कर्तव्य पालनामा अवरोध गर्ने जो सुकैलाई कानून बमोजिम कारबाही गरिने हुँदा प्रहरी कार्यमा वाधा अवरोध तथा अनावश्यक हस्तक्षेप नगर्न हुनका साथै त्यस्ता कार्यमा प्रहरीसँग समन्वय र सहकार्यका लागि सम्पूर्ण सर्वसाधारण व्यक्तिहरुमा हार्दिक अपील समेत गर्दछौँ।"

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्