चितवनमा उपचार गराउन आएकी तीन महिने गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव

शनिबार, साउन २०, २०८०
Honor 600 pro

चितवन । चितवनमा उपचार गराउन आएकी तीन महिने गर्भवती महिलाको मृत्यु भएपछि भरतपुरस्थित मनकामना अस्पतालमा तनाव भएको छ। 

मनकामना अस्पतालमा उपचार गराउन आएकी भरतपुर-२६ की ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

रक्तश्राव  भएर उपचार गराउन अस्पताल आएकी नविनाको अपरेशन गर्दा  लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन्। 

सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको मृतका आफन्तले बताएका छन् ।

पीडितका अनुसार अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको आरोप छ ।

प्रहरीका अनुसार मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएकोले अहिले छलफल सुरु गर्न लागिएको र  अस्पतालमा गएरातिदेखि नै ठुलो संख्यामा प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्