बर्दियाबाट ४६ वर्ष कैद सजाय पाएका फरार प्रतिवादीहरुसहित ५ जना पक्राउ

बिहीबार, चैत २१, २०८१
honor mob  winter sales

बर्दिया । बर्दिया प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रमलाई निरन्तरता दिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले चलाएको फरार प्रतिवादी पक्राउ गर्ने अभियानकै क्रममा साढे ४६ वर्ष कैद सजाय पाएका प्रतिवादीहरु सहित   ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

Honor x7 pad

जसअनुसार बर्दिया प्रहरीले लेनदेन मुद्दामा १ वर्ष ६ महिना कैद सजाय पाएर फरार रहेका गुलरिया नगरपालिका-४  का केशव थारुलाई पक्राउ गरेको हो।

त्यसैगरी बहुविवाह मुद्दामा दोषी ठहर भएर फरार रहेका बढैयाताल गाउँपलिका-२ की रेली थापालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

ज्यान मुद्दामा दोषी ठहर भएर २० वर्ष जेल सजाय पाएर फरार भएका राजापुर नगरपालिका-६ जगत थारुलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत बर्दियाले थारुलाई २०३४ साउन २५ गते २० वर्षको जेल सजाय सुनाएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

यस्तै थुनुवा भगाएको मुद्दामा राजापुर-८ का बिष्णु खत्रीलाई जिल्ला प्रहरी बर्दियाको टोलीले पक्राउ गरेको हो। उनलाई अदालतले २५ वर्ष ७ महिना ४ दिनको जेल सजाय सुनाएको थियो भने कुटपिट मुद्दामा फरार राजापुर-८ कै गंगादेवी उपाध्यायलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

पक्राउ गरिएका सबै प्रतिवादीलाई आबश्यक सजाय भुक्तानका लागि जिल्ला अदालत बर्दिया पेस गरिएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्