ज्यान मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि बाँके प्रहरीको नियन्त्रणमा

बुधबार, चैत २०, २०८१
Honor 600 pro

नेपालगन्ज। बाँकेको नेपालगन्जबाट दुई वर्ष जेल सजाय पाएर फरार भएका प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज-२० मनिकापुरका ६२ वर्षीय सन्तोष अहिर रहेका छन् । जिल्ला अदालत बाँकेले २०४९ बैशाख १८ गते अहिरलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाएको थियो।

जेल सजाय पाए लगत्तै फरार भएका अहिरलाई नेपालगन्ज आएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो।

मंगलबार पक्राउ परेका अहिर जेल सजाय भुक्तानका लागि जिल्ला अदालत हुँदै जिल्ला कारागार बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्