जेल सजाय पाएर २२ वर्षदेखि फरार रहेका प्रतिवादी बर्दिया प्रहरीको नियन्त्रणमा

बुधबार, चैत २०, २०८१
Honor 600 pro

बर्दिया । बर्दिया प्रहरीले जेल सजाय पाएर लामो समयदेखि फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला अदालत बर्दियाबाट २०५९ बैशाख २९ को फैसलाबाट  हाडनाता करणी मुद्दामा दोषी ठहर हुँदै ३ वर्ष जेल सजाय पाएका बढैयाताल गाउँपालिका- १ जमुनी बस्ने बस्ने कुल बहादुर सुनारलाई २२ वर्ष १० महिनापछि बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले बाँकेको कोहलपुर नगरपालिका-८ हवल्दारमा लुकिछिपी बसेको अवस्थामा सुनारलाई पक्राउ गरेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका सुनारलाई जेल सजाय भुक्तानका लागि जिल्ला अदालत पेस गरेर बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्