युवकको हत्या गरी शव गाड्ने ६ जना पक्राउ

सोमबार, चैत १८, २०८१
honor mob  winter sales

काठमाडौं । १९ वर्षीय युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। सर्लाहीको चक्रघट्टा गाउँपालिका- ८ का १९ वर्षीय राहुल साहलाई हत्या गरेको आरोपमा काठमाडौं प्रहरीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

Honor x7 pad

काठमाडौं प्रहरी परिसरका अनुसार पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका- १ घर भएर हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ५ बाहुनधारा बस्ने  २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका- ६ का १८ वर्षीय  बिजय यादव, चक्रघट्टा गाउँपालिका-६ कै १८ वर्षीय करब कुमार महतो, सोही स्थानका  २३ वर्षीय जोधन मण्डल , चक्रघट्टा गाउँपालिका-१ का ४५ वर्षीय  उत्तम मण्डल र भारतको बिहार घर भएर हाल काठमाडौं-७ दक्षिणढोका वस्ने वर्ष २९ को सुनिल शर्मा रहेका छन् ।

गत चैत ११ गते राहुल हराएको भन्दै परेको निवेदन अनुसार प्रहरी वृत्त बौद्धको टोलीले खोजतलास गर्ने क्रममा चैत २५ गते  गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा संचालित आर. के. मोटरसाईकल वर्कसपको पछाडी रहेको जमिनमा गाडिएको अवस्थामा राहुलको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानमा लेनदेनको विवादका क्रममामा राहुलको हत्या गरेर गाडेको खुल्न आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

बौद्ध प्रहरीले पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर हत्या घटनामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्