बर्दियाबाट अवैध रुपले बिक्रीबितरण भइरहेको ठुलो परिमाणको पेट्रोल बरामद

आइतबार, चैत १७, २०८१
Honor 600 pro

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले अवैध रुपले हुने पेट्रोलियम पदार्थको बिक्रीवितरणविरुद्ध अपरेसन चलाएको छ।

बर्दिया प्रहरीले  पानीको बोतल र ग्यालिनमा भरेर अनाधिकृत रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको जनगुनासो आउँदै गर्दा सुरु गरिएको अपरेसनमा ठुलो परिमाणमा पेट्रोल बरामद गरेको हो।

जिल्लाका धेरैजसो स्थानमा बोतलमा राखेर जताभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रुपमा पेट्रोल बिक्री वितरण रोक्न विभिन्न स्थानबाट प्रहरीले १ सय ९७ .५ लिटर पेट्रोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बर्दिया प्रहरीले बरामद गरेको उक्त ठुलो परिमाणको पेट्रोललाई आबश्यक कारबाहीका लागि नेपाल आयल निगम नेपालगन्ज पठाएको जनाएको छ भने अब आइन्दा अवैध रुपले पेट्रोल नबेच्न सम्बन्धितलाई सचेत समेत गराएको छ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्