जुनसुकै अवस्थामा पनि उच्च मनोबलका साथ काम गर्न आईजीपी थापाको निर्देशन

शनिबार, चैत १६, २०८१
honor mob  winter sales

काठमाडौं। नेपाल प्रहरी प्रमुख दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्न र जीउ धनको सुरक्षा गर्न नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।  

Honor x7 pad

 प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा आज प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै आईजीपी थापाले गर्दै जस्तो सुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग काम गर्न निर्देशन दिएका हुन् ।

आईजीपी थापाले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिएका थिए।  आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा थापाले जोड दिए ।

प्रहरी प्रमुख थापाले सीमित स्रोतसाधनको अधिकतम् प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालित हुनुपर्ने बताए  । साथै उनले अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडी बढ्नुपर्ने बताएका छन्   ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्