परसपुरबाट डेढ क्विन्टल बोइलर कुखुरासहित दुईवटा मोटरसाइकल बरामद

बुधबार, चैत १३, २०८१
honor mob  winter sales

नेपालगन्ज। नेपाल प्रहरीले नेपालगन्जको परसपुरबाट भारतदेखि ल्याइएको अन्दाजी डेढ क्विन्टल अवैध बोइलर कुखुरा बरामद गरेको छ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी साइँगाउँको संयुक्त टोलीले नेपालगन्ज -१७ परसपुरबाट अन्दाजी १ सय ५० किलो बोइलर कुखुरा र तस्करीमा प्रयोग भएका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान १० बजे जिप्रकाबाट गएका प्रहरी वरिष्ठ नायब निरीक्षक नदिरमा खड्का र साइँगाउँ प्रहरी चौकी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक हरि खड्काको संयुक्त टोलीए भारतबाट ल्याएर आइएको उक्त परिमाणको बोइलर कुखुरासहित प्रहरीले बा३५प ४५९५ र भे४प ६३८२ नम्बरका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

बरामद गरिएको अवैध कुखुरासहित नियन्त्रणमा लिइएका दुई मोटरसाइकललाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्