जानकी गाउँपालिका क्षेत्रबाट अन्दाजी पौने १ क्विन्टलबढी कुखुरा बरामद

मंगलबार, चैत १२, २०८१
honor mob  winter sales

बाँके । बाँकेको जानकी गाउँपालिका क्षेत्रबाट प्रहरीले अन्दाजी  पौने १ क्विन्टल बढी अवैध भारतीय बोइलर कुखुरा बरामद गरेको छ।

Honor x7 pad

प्रहरी चौकी साइँगाउँ र बेलभार प्रहरी चौकीको संयुक्त टोलीले आज दिउँसो साढे २ बजे जानकी- २ बेलभारबाट भारतबाट अवैध रुपले तस्करी गरेर ल्याइएको ८० किलो बोइलर कुखुरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीले बरामद गरिएको अन्दाजी ८० किलो कुखुराको बजार मूल्य झण्डै २४ हजार रुपैयाँ बराबरको रहेको जनाएको छ।

बरामद गरिएका अवैध बोइलर कुखुरालाई आबश्यक कारबाही पछि क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। सोही स्थान नजिकबाट केहीदिन अघि पनि प्रहरी साइँगाउँले डेढ क्विन्टल बोइलर कुखुरा, दुई वटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्