दुई युवक ब्राउन सुगरसहित बर्दिया प्रहरीको नियन्त्रणमा

सोमबार, चैत ११, २०८१
Honor 600 pro

बर्दिया । बर्दियाबाट लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले दुई जनालाई ६ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। 

 भे १० प ८०३४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा प्रहरीले बढैयाताल गाउँपालिका- ७ कण्ठपुरबाट मधुवन नगरपालिका- ४ का  २७ वर्षीत रन्जित चौधरी र सोही स्थानकै ३४ वर्षीय कालुराम चौधरीलाई ६ सय १० मिलिग्राम ब्राउन सुगरसहित शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

भारतबाट आइरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा शंकास्पद गतिविधि देखाएपछि प्रहरीले उनीहरुबाट उक्त परिमाणमा ब्राउन सुगर फेला पारेको हो।

पक्राउ उनीहरुविरुद्द जिल्ला अदालत बर्दियाबाट ५ दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालयले लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको बर्दिया प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्