नेपालगञ्जको वाकाथनमा स्वास्थ्यमन्त्री,'निरोगी रहन नियमित हिँड्न् जरुरी'

शनिबार, चैत ९, २०८१
Honor 600 pro

नेपालगञ्ज । नेपालगञ्जमा आज विहान प्रातःकालीन हिँडाई अर्थात वाकाथन आयोजना गरिएको छ ।

नेपाल चिकित्सक संघ भेरीले आयोजना गरेको वाकाथनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल पनि सहभागी भएका थिए । गणेशमान चोकदेखि वाकाथन सुरु भएको थियो । 

वाकाथन सुरुवात गर्दै मन्त्री पौडेलले निरोगी नेपाल बनाउने अभियानलाई यस्ता क्रियाकलापले सघाउ पुर्याउने बताए । उनले स्वस्थ शरीरका लागि नियमित हिँडाई आवश्यक रहेको बताए । 'खुसी र सुखी हुन धेरै केही गरिरहनुपर्दैन, उनले भने-'निरोगी रहन नियमित हिँड्न जरुरी छ ।'

धम्बोझी चोक पुगेर पुनः गणेशमान चोकमा आई वाकाथन समापन भएको थियो । वाकाथनका संयोजक डा. किशोर खत्रीले स्वास्थ्यका लागि प्रातःकालीन हिँडाई' भन्ने मूल नारासहित वाकाथन आयोजना गरिएको बताए । 

बालरोग विशेषज्ञ डा. खत्रीले वाकाथानलाई अभियानकै रुपमा अगाडि बढाएका छन् । हिँड्नु स्वस्थ हुने पहिलो आधार हो भन्ने गरेका उनले आफूले यसलाई अभियानको रुपमा अगाडि बढाएको बताए ।

वाकाथनमा सयौंको संख्यामा उपस्थिति थियो । प्रदेश सांसदहरु कृष्णा केसी नमुना, मिना कुमारी श्रेष्ठ, पूर्व लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरी, नेपालगन्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल, चिकित्सक लगायतको सहभागिता थियो । 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्