दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपी नियुक्त

सोमबार, चैत ४, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीको ३१ औं  प्रमुखमा (आईजीपी)  दीपक थापा नियुक्त भएका छन् । आज बसेको बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त गरेको हो।

हाल सीआईबीमा रहेका थापा २०५२ भदौ १९ मा प्रहरी सेवा प्रवेश गरेका थिए। आज अवकाश जाँदै गरेका प्रहरी प्रमुख बसन्त बहादुर कुँवरसँगै एआईजीमा बढुवा भएका थापा ३१ औं प्रहरी प्रमुख बनेका छन् ।

प्रहरी प्रमुखका लागि उनीसँगै एआईजी सुदिप गिरी र टेकबहादुर तामाङ प्रतिष्पर्धामा थिए।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्