बाँकेमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सोमबार, चैत ४, २०८१
Honor 600 pro

बाँके। बाँकेमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिक रहेका छन् ।

आइतबार दिउँसो पक्राउ परेका बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बलात्कार घटना सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले बताएको छ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्