होली: बाँके ट्राफिक प्रहरीले सुरु गर्‍यो नेपालगन्जसहित विभिन्न स्थानमा चेकिङ

शुक्रबार, चैत १, २०८१
honor mob  winter sales

नेपालगन्ज  । आजको तराईको होली अन्तर्गत बाँकेमा पनि होली खेलिदै छ। होली सुरक्षा योजना अनुसार बाँके प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाभरका विभिन्न स्थानमा संयुक्त चेकिङ सुरु गरेको छ।

Honor x7 pad

ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेको होली सुरक्षा योजना अनुसार  जिल्लाका विभिन्न  ठाउँमा चेकपोस्ट खडा गरी चेकिङ भइरहेको छ। मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी चलाएका सवारी साधन होल्ड र चालकलाई प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिइने प्रहरी निरीक्षक पन्तले बताए।

होलीमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने, जिकज्याक चलाउने, तीव्र गतिमा चलाउने, हेलमेट नलगाइ चलाउने र तीन जना बोक्ने मोटरसाइकल र स्कुटरहरूलाई पनि होल्ड गरिने उनले बताए।

बाँकेमा आज बिहानदेखि विभिन्न चेकप्वाइन्टमा ट्राफिक प्रहरी खटिएको उनले बताए। विशेष गरी बाँकेको नेपालगन्जका विभिन्न स्थान, कोहलपुर, नेपालगन्जको जमुनहा नाका, धम्बोझी चोक, राजमार्ग, खजुरा लगायत धेरै स्थानमा चेक प्वाइन्ट खडा गरेर जाँच सुरु गरिएको पन्तले जानकारी दिएका छन् ।

नियम विपरीत सवारीसाधन चलाइएको पाए त्यस्ता सवारीसाधनलाई कारबाही गर्दै दिनभर होल्ड गर्न पनि सकिने प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्