होलीमा अमर्यादित गतिविधि गरे कारबाही हुन्छ: बाँके प्रहरी

बुधबार, फागुन २८, २०८१
honor २२ sept

नेपालगन्ज । नजिकिदै गरेको होली पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लावासीलाई शुभकामना दिदै मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको छ।

X7D

सभ्य रुपले होली मनाउन आग्रह गर्दै बाँके प्रहरीले कसैलाई पनि इच्छा विपरीत रङ्ग लगाउने कार्य गर्ने र गराउनेलाई कारबाही गर्ने जनाएको छ। साथै मादक पदार्थ सेवन गरेर अमर्यादित तथा उच्छृङ्खल कार्यहरु नगर्न समेत जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैमा अनुरोध गरेको छ।

यदि त्यस्तो गलत गतिविधि गरेको देखिएमा तुरुन्तै प्रहरी कन्ट्रोलको १००, जिल्ला प्रहरी कार्यालय बाँके प्रवक्ताको ९८५८०२३९२२ मा सम्पर्क गर्न अथवा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन जिल्ला प्रहरी कार्यालय बाँकेले आग्रह गरेको छ।

के भन्छ बाँके प्रहरी ? 

होली पर्व मनाउने बाहानामा कसैको ईच्छा बिपरित लोला हान्ने रङ दल्ने कार्य नगरौ,

चार्ड पर्व मनाउने बाहानामा अत्याधिक मादक पदार्थको सेवन गरि अमर्यादित तथा उच्छृङ्खल कार्यहरु नगरौ,

चार्ड पर्व मनाउदा हो-हल्ला तथा चर्को आवाजमा साउण्ड सिष्टमको प्रयोग नगरौ,

आत्मिय रुपमा नजिक भएका ब्यक्ति वा आफन्तहरु संग मात्र होली खेलौ,

अपरिचित मानिसहरुको समुहमा होली नखेलौ, अशक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई कुनै पनि दुर्व्यवहार नगरौ,

रेलिङ नभएको छत तथा बिच सडकमा होली नखेलौ,

ट्राफिक नियमको पुर्ण रुपमा पालना गरौ सवारी दुर्घटनाबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔं,

मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, भिडभाड हुने स्थानमा पाकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरु बढि हुने सम्भावना हुने हुँदा सावधान रहौ,

महांगा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔं,

कुनै पनि अपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा नजिकैको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाईन नमबर १०० मा सम्पर्क गरौ साथै

कसैको ईच्छा बिपरित रङ दलेमा, लोला प्रहार गरेमा वा होली पर्व मनाउने बाहानामा कोही कसै माथि दुर्व्यवहार गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने ब्यहोरा सबैमा सूचित गरिन्छ ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्