३० किलो बढी चरेससहित घोराहीबाट तीन जना पक्राउ

सोमबार, फागुन २६, २०८१
Honor 600 pro

दाङ  । दाङको घोराहीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ।  बाँकेबाट गएको लागुऔषध ब्यूरो नेपालगन्ज शाखा कार्यालयको टोलीले ३० किलो १५४ ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुकुम पूर्वस्थित भूमे गाउँपालिकाका ६४ वर्षीय जुन बहापुर पुन, सोही गाउँपालिकाकै  ४४ वर्षीय फर्ण बहादुर घर्ती र ५३ वर्षीय रुप धन धर्ती रहेका छन् ।

विशेष सूचना पाएर गएको लागुऔषधको टोलीले उनीहरुलाई घोराही उपमहानगरपालिका-१२ बार्हकुने दह नजिकबाट आज दिउँसो साढे ४ बजे पक्राउ गरेको हो।

विक्री गर्नका लागि पलास्टिका पोकामा राखेर लैजाँदै गरेको अवस्थामा लागुऔषध नेपालगन्जको टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाएको हो।

पक्राउ परेका तीनै जनालाई हिरासतमा लिएर दाङ प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्