नेपालगन्जमा पत्रकारहरुलाई नसर्ने रोगबारे अभिमुखीकरण, स्वास्थ्य जाँच पनि गरियो

आइतबार, फागुन २५, २०८१

नेपालगन्ज  स्वास्थ्य कार्यालय बाँकेले नसर्ने रोगबारे पत्रकारहरुसँग अभिमुखिकरण गरेको छ।

Honor x7 pad

जिल्लाका करिव तीन दर्जन पत्रकारलाई आज नेपालगन्जमा बोलाएर अभिमुखिकरण गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगविरुद्धको सचेतिकरण अभियानका रुपमा मनाउन निर्देशन गरेसँगै जिल्लामा नसर्ने रोगको पहिचान र निदानका सवालमा कामहरु भइरहेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले नसर्ने रोग भयावह बन्दै गइरहेकाले सचेतना फैलाउन संचारकर्मीहरुलाई आग्रह गरिन्। उनले नियमित स्वास्थ्य चेकजाँच र खानपानमा विशेष सावधानी अपनाउन आग्रह गरिन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले संचारकर्ममार्फत नसर्ने रोगबारे समुदायस्तरमा सचेतना फैलाउनु पर्नेमा जोड दिए।

जनस्वास्थ्य अधिकृत श्रेष्ठले नसर्ने रोगको अवस्था, नसर्ने रोगको प्रभावबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित पत्रकारहरुको स्वास्थ्य चेकजाँच समेत गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्