नक्कली घुमुवा प्रहरी सक्कलीको फन्दामा

शनिबार, फागुन २४, २०८१
honor mob  winter sales

काठमाडौं । नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन् । प्रहरीको घुमुवा हुँ भनेर व्यापारीहरुसँग माग्दै हिडेका ४४ वर्षीय नक्कली प्रहरीलाई सक्कली प्रहरीले पक्राउ गरेको हो।

Honor x7 pad

रौतहटस्थित जिल्ला प्रहरी कार्यालयको घुमुवा भनेर पैसा असुल्दै गरेका ४४ वर्षीय गरुडा नगरपालिका-८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलमलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

प्रहरीको टोलीले आलमलाई गौर चन्द्रिगाहपुर सडकखण्डको बिर्ता चौकमा आफू प्रहरीको घुमुवा भएको भन्दै किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको अवस्थामा रौतहट प्रहरीले उनलाई पक्राउ गरेको हो।

घुमुवा भनेर कसैले पैसा माग्दै गरेको सूचना पाएर गएको इलाका प्रहरी कार्यालय गरुडाको टोलीले आलमलाई पक्राउ गरेको हो।

पक्राउ परेका आलमसँग थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्