कोहलपुरमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

शुक्रबार, फागुन २३, २०८१
Honor 600 pro

बाँके। बाँके प्रहरीले बलात्कारको आरोपमा २९ वर्षीय युवकलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालयले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका-१० चट्टारका २९ वर्षीय राधे किसुन थारूलाई पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार कोहलपुर प्रहरीले आज बिहान थारूलाई पक्राउ गरेको हो। प्रहरीमा ती बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

बलात्कार घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्