जब बाँकेका एसपी कार्की आफैं चेकिङमा खटिए.....

मंगलबार, फागुन २०, २०८१
honor mob  winter sales

नेपालगन्ज । बाँकेका एसपी तुलबहादुर कार्की आफैं  सडकमा चेकिङमा खटिँदा नियमविपरीत गुडेका दर्जनबढी सवारीसाधन कारबाहीमा परेका छन् ।

Honor x7 pad

जानकी गाउँपालिका-३ चप्पल कारखाना अगाडिको नेपालगन्ज-खजुरा सडकखण्डमा आज जिल्ला प्रहरी बाँकेका  एसपी कार्की सडकमै आफैं  खटिएर सवारीसाधनलाई चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट आएको टोलीको नेतृत्व गर्दै एसपी कार्कीले सवारी साधनको चेकजाँच, अनुगमन तथा सवारी चालक अनुमतिपत्र समेत जाँच गरेका थिए।

सोही क्रममा एसपी कार्कीले सयौं सवारीसाधनका चालकहरुलाई सम्झाइबुझाई समेत गर्दै उनिहरुसँग प्रतिक्रिया लिएका थिए। प्रतिक्रियामा चालकहरुले जिल्ला प्रमुख आफै आएर चेकिङ गर्दा चालकहरुले प्रशंसा गरेका थिए।

तर बेलाबेलामा ट्राफिक प्रहरीले कागजपत्र नेहेरेरै जरिवानाको चिट काट्ने गरेको गुनासो चालकहरुले सुरक्षाखबरलाई दिएका छन् । उनीहरु भन्छन् -" सबै ठिक हुँदा पनि कुनै न कुनै बहाना बनाएर ट्राफिक प्रहरीले चिट काटिदिने गर्छन्, यो त सरासर गलत हो।" 

नेपालगन्ज  र आसपासका स्थानीयहरुले प्रहरी प्रमुख कार्कीलाई एकपटक भएपनि टिपरहरुका कागजपत्र समेत निरीक्षण सुझाब दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्