५ महिनामै फेरिए लमजुङका डीएसपी निशान्त

सोमबार, फागुन १९, २०८१
honor २२ sept

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अब्बल कार्य गर्दै आएका जिल्ला प्रहरी कार्यालय लमजुङ प्रमुख डीएसपी निशान्त श्रीवास्तवलाई ५ महिनामै परिवर्तन गरेको छ।

X7D

लमजुङमा उत्कृष्ट कार्य गर्दै आइरहेका डीएसपी निशान्त श्रीवास्तवलाई हटाएर प्रहरी प्रधान कार्यालयले सुपरिवेक्षण तथा अनुगमन महाशाखामा ल्याएको हो।

डीएसपी श्रीवास्तव २०८१ असोज १७ मा लमजुङमा हाजिर भएका थिए ।  कमान्ड सम्हालेको छोटो समयमै सयौं अवैध हतियार नियन्त्रणमा लिन सफल भएका डीएसपी श्रीवास्तव प्रहरीभित्र उदाहरण बन्दै गएका उनलाई प्रधान कार्यालयले  हटाएर डीएसपी रेशम बोहराको लमजुङमा काज सरुवा गरेको छ।

बोहरा पश्चिम् नवलपरासीमा कार्यरत थिए।
डीएसपीले आफ्नो ५ महिने अवधिमा कयौं फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए भने विभिन्न किसिमका लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिदै त्यहाँको शान्तिसुरक्षालाई मजबुत बनाउँदै आएका थिए। 

यसैगरी, प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कन्चनपुर सप्तरीमा माधव काफ्लेलाई पठाएको छ। त्यस कार्यालयका प्रमुख महेन्द्र नेपालको प्रहरी प्रधान कार्यालय सरुवा भएको छ।

पश्चिम् नवलपरासीबाट डीएसपी बोहराको काज सरुवा भएपछि त्यहाँ डीएसपी वीरदत्त पन्तलाई पठाइएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्