नेपालगन्जको भन्सार चोकबाट ५ सय पत्ता ट्रामाडोलसहित तीन युवक पक्राउ

आइतबार, फागुन १८, २०८१
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जको भन्सार क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा प्रतिवन्धित औषधि ट्रामाडोलसहित तीन जना युवकलाई पक्राउ गरेको छ। 

Honor x7 pad

नेपालगन्जस्थित इलाका प्रहरी कार्यालय जयसपुरका इन्चार्ज  प्रहरी नायब निरीक्षक निरज सिंहको कमान्डमा गएको टोलीले  शनिबार साँझ नेपालगन्ज-१६ को भन्सार चोकबाट ५ हजार ट्याब्लेट (५ सय पत्ता) प्रतिवन्धित औषधि ट्रामाडोलसहित २४ वर्षीय नफिस कबडिया, ३८ वर्षीय जियाउल शेष र १८ वर्षीय सद्दाम सैयदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

नायब निरीक्षक सिंहको टोलीले भारतको रुपइडिहातर्फबाट नेपालगन्ज आउँदै गरेको अवस्थामा  युपी ४० आर ७१४५ नम्बरको भारतीय  मोटरसाइकलमा सवार उनीहरु तीनै जनालाई शंका लागेर चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा ट्रामाडोल बरामद गरेको बाँके प्रहरीले जनाएको छ।

पक्राउ पर्ने नफिस नेपालगन्ज-१६ कै स्थानीय युवा हुन् भने जियाउल भारतको कलकत्ता र सदाम भारतको जागोर घर भएर हाल नेपालगन्ज-१०स्थित ट्राफिक चोकमा बस्दै आएका थिए। पक्राउ परेका उनीहरु लागुऔषध तथा प्रतिवन्धित औषधिको कारोबारी भएको अनुमान आशंका रहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

पक्राउ परेका उनीहरु तीनै जनासहित बरामद गरिएको ५ हजार ट्याब्लेट ट्रामाडोल जिल्ला प्रहरी कार्यालय बाँकेमा लगेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्