नेपालगन्जबाट ७ सय ग्रामबढी ब्राउन सुगर बरामद, ४ किलो चरेश पनि बरामद 

मंगलबार, फागुन १३, २०८१
honor mob  winter sales

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले हालसम्मकै  ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद गरेको छ।

Honor x7 pad

जिल्ला प्रहरी बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट गएको टोलीले  नेपालगन्ज-१५ पुरानो इटटा भटटाबाट  ७२२ ग्राक ६३ मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय युवकलाई सोमबार साँझ  पक्राउ गरेको हो।

ब्राउन सुगरसहित  पक्राउ पर्नेमा भारतको बहराइचस्थित काजिपुरका २९ वर्षीय  अल्बक्स खाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

यो बाँके प्रहरीलाई लागुऔषध ब्राउन सुगर बरामदको इतिहासमै सबैभन्दा ठुलो सफलता हो।

त्यस्तै नेपालगन्जबाट ४ किलो २२० ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन् । नेपालगन्ज-४ बसपार्क क्षेत्रबाट जिल्ला प्रहरी बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले उक्त परिमाणको चरेशसहित कालिकोटको खाँडाचक्र नगरपालिका-१० का ३५ वर्षीय भक्त बहादुर शाही र सोही स्थानका ३४ वर्षीय बिक्रम शाहीलाई सोमबार नै पक्राउ गरेको हो।

विशेष सूचना पाएर गएको टोलीले स्कुटर सडक छेउमै रोकेर बिक्रीवितरणको तयारी गर्दै गरेको अवस्थामा उनीहरु दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीले पक्राउ परेका ती भारतीययुवक र चरेशसहित पक्राउ परेकासँग लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्