प्रहरी प्रमुख कुँवरद्वारा कोहलपुरस्थित प्रहरी पेट्रोल पम्पको उद्घाटन

सोमबार, फागुन १२, २०८१
honor mob  winter sales

कोहलपुर  । प्रहरी प्रमुख आईजीपी बसन्त बहादुर कुँवरले बाँकेको कोहलपुरस्थित प्रहरीको पेट्रोल पम्पको उद्घाटन गरेका छन।

Honor x7 pad

आज बिहान कोहलपुरमा रहेको प्रहरी कल्याणकारी कोषबाट सन्चालनमा ल्याइएको प्रहरी पेट्रोल पम्पको उद्घाटन गर्दै कोहलपुरमा थपिएको नयाँ प्रहरीको पेट्रोल पम्पले जनतालाई सहज सेवा दिने बताए। साथै प्रहरी प्रमुख कुँवरले बाँकेभर रहेका प्रहरी कर्मचारीहरुलाई इमानदारीसाथ कार्य गर्न निर्देशन दिएका हुन् ।

बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा प्राविधिक डीएसपी ईन्जिनियर रोशन सारुले निर्माण प्रतिवेदन प्रस्तुत गरेका थिए।  कार्यक्रममा नेपालगन्ज उप-महानगरपालिका प्रमुख प्रशान्त बिष्ट,बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललगायतले आफ्नो भनाई राख्दै पेट्रोल पम्पले सहज रुपले जनतालाई सेवा दिने बताएका थिए। 

पेट्रोल पम्प उद्घाटनमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल,  लुम्बिनी प्रदेश प्रहरी अस्पतालकी प्रमुख एसएसपी दिपा न्हुच्छे प्रधान, एसएसपी राजेन्द्र प्रसाद धमला, बाँकेका सुरक्षा निकायका प्रमुख, पूर्व प्रहरी कर्मचारी, नेपाल पेट्रोल एसोसियसनका अध्यक्ष, नेपाल पत्रकार महासंघ बाँकेका प्रतिनिधि, बिभिन्न स्थानिय तहका जन प्रतिनिधि, बिभिन्न संघ सस्थाका प्रमुख एवं पदाधीकारी, मिडियाकर्मी लगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्कीले प्रहरी प्रमुख कुँवरलाई कृतज्ञताको चिनो प्रदान गरेका थिए।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्