प्रहरीको इन्स्पेक्टर र असईको आवेदन संख्यामा थप, इन्स्पेक्टरको १३ र असईको ६० थप

शुक्रबार, फागुन ९, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर ) र सहायक निरीक्षक (असई) को भर्ना माग संख्या थप गरेको छ। 

प्रहरी प्रधान कार्यालयले यसअघि सूचना जारी गरेर  ६४ इन्स्पेक्टर लागि आवेदन गरेको थियो भने पुनः अर्को सूचना जारी गर्दै इन्स्पेक्टरको संख्या १३ थप गरेको हो। प्रहरीको जनपद समूहमा थप १३ इन्स्पेक्टर रिक्त हुँदा सूचना जारी गरेर संख्या बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

थप १३ इन्स्पेक्टरका लागि आवेदन माग हुँदा इन्स्पेक्टरको संख्या ७७ पुगेको छ। असईमा पनि ६० जना दरबन्दी रिक्त हुँदा सो संख्या बढाएर आवेदन माग गरिएको हो।

उक्त संख्या थप हुँदा असईमा जम्मा ३१६ जनाको आवेदन माग गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्