आधा किलो सुनसहित भारतीय युवक पक्राउ

सोमबार, फागुन ५, २०८१
Honor 600 pro

काठमाडौं । प्रहरीले एक भारतीय नागरिकलाई आधा किलो बढी सुनसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले भारतको महाराष्ट्र घर भएका ३० वर्षीय चाँगुलाई ७६१.६६ ग्राम सुनसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका-९ बस्दै आएका चाँगुको साथबाट ३ किलो १ सय ग्राम अवैध चाँदी पनि बरामद गरिएको हो भने  उनीबाट ५ लाख १० हजार नगद पनि बरामद भएको थियो।

पक्राउ परेका चाँगुलाई आबश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको जिल्ला प्रहरी  परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार चाँगुले विदेशबाट आएका व्यक्तिहरुको सुन किनेर बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्