नरैनापुरमा एक युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

आइतबार, फागुन ४, २०८१
Honor 600 pro

बाँके । बाँकेको नरैनापुरमा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भगवानपुरले नरैनापुर गाउँपालिका-५ सर्वराजपुर्वाकी एक युवतीलाई बलात्कार गरेको आरोपमा ३६ वर्षीय युवक जगबहादुर तेलीलाई पक्राउ गरेको हो।

शनिबार साँझ साढे ६ बजेको समयमा ती युवतीमाथि बलात्कार भएको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले तेलीलाई तत्कालै नियन्त्रणमा लिएको बाँके प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक आकाश भुषालले जानकारी दिएका छन।

प्रहरी निरीक्षक भुषालका अनुसार भगवानपुर प्रहरीले तेलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने पीडित युवतीलाई गए राति नै स्वास्थ्य जाँचका लागि भेरी अस्पतालमा ल्याइएको हो।

युवतीको स्वास्थ्य परीक्षणको विस्तृत रिपोर्ट आएपछि सबै कुरा खुल्ने बताउँदै प्रहरी निरीक्षक भुषालले अहिले भगवानपुरले थप अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्