बाँकेको राप्तीसोनारी गाउँपालिका कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाकै पहिलो

शनिबार, फागुन ३, २०८१

बाँके  । बाँकेको राप्तीसोनारी गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनमा पहिलो भएको छ ।

Honor x7 pad

जिल्लाका ८ वटै स्थानीय तह मध्ये राप्तीसोनारी गाउँपालिकाले सबैभन्दा बढी नम्बर ल्याएर पहिलो भएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत जनार्दन पौडेलले बताए ।

गाउँपालिकाका प्रविधि अधिकृत भन्छन्-" नेपाल सरकारले गर्ने प्रदान गर्ने ४ वटा विधाको मुल्यांकन अन्तर्गत लिजा, फ्रा, लिड र वित्त आयोगबाट हुने मुल्यांकनमा अहिले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको मुल्यांकनमा हामी जिल्लामा प्रथम भएका हौं, यो गर्वको विषय हो।"

'वित्त आयोगले गर्ने १७ सूचाङकमा गाउँपालिकाले ६० अंक पाएको छ। यो नियमीत प्रक्रिया रहेको हुँदा आगामी वर्षमा देशकै उत्कृष्ट बन्ने लक्ष राप्तीसोनारीको लक्ष रहेको छ। हामी कुन सूचाङकमा कम भयौं?  त्यसलाई औल्याउँदै सुधार गरेर जान्छौं,' सूचना प्रविधि अधिकृत पौडेलले भने ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनमा राप्तीसोनारी जिल्लामै प्रथम हुनु गर्वको कुरा हो। आगामी दिनमा अझै धेरै सुधार गरेर देशकै उत्कृष्ट हुने हाम्रो लक्ष रहेको गाउँपाकिका अध्यक्ष तप्त पौडेलले बताए ।

जिल्लामा अन्य स्थानीय तह मध्ये सबैभन्दा कम नम्बर ल्याएर कोहलपुर नगरपालिका अन्तिममा छ । 

२०८०–०८१ को आर्थिक वर्षको मूल्याङ्कन गर्दा राप्तीसोनारी गाउँपालिकाले ६० अङ्क प्राप्त गरेर पहिलो भएको छ भने बैजनाथ गाउँपालिका ५९ दशमलव ३ अङ्कसहित दोस्रो स्थानमा छ । 

खजुरा गाउँपालिका ५८ अङ्सहित तेस्रो, डुडुवा गाउँपालिका ५१ दशमलव १ अङ्कसहित चौथो स्थानमा छ । नरैनापुर गाउँपालिका ४८ दशमलव ७ अङ्क ल्याएर पाँचौ स्थानमा छ । नेपालगन्ज उपमहानगरपालिका ४६ दशमलव १ अङ्क ल्याएर छैठौं, जानकी गाउँपालिका ४३ दशमलव ६ अङ्कसहित सातौं र  कोहलपुर नगरपालिका ३५ दशमलव २ अंक ल्याएर अन्तिम भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्कसम्बन्धि विवरण प्रकाशित गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राप्त अङ्क चित्त नबुझे ७ दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरावलोकनका लागि उजुरी दिन व्यवस्था गरेको जनाएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्