बर्दियाको होमस्टे जुवाखालबाट लाखौं रुपैयाँसहित १५ जना पक्राउ

बुधबार, माघ ३०, २०८१
Honor 600 pro

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले होमस्टेमा भएको जुवाखालमा छापा मार्दै १५ जना जुवाडेलाई पक्राउ गरेको छ।

विशेष सूचना पाएर जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपु्रबाट गएको टोलीले गए राति १ बजे जिल्लास्थित बारबर्दिया नगरपालिका ९ का ३२ वर्षीय निराजन राजबंसीको होमस्टेमा छापा मार्दै १ लाख ८२ हजार ६७० रुपैयाँसहित १५ जनालाई पक्राउ गरेको हो। 

प्रहरीले जुवाखालबाट २० थान मोबाइलसमेत बरामद गरेको जनाएको छ। जुवाखालमा बरामद रकम थोरै भएपनि मोबाइलबाट नै अनलाइन ट्रान्जेक्सन भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ। 

बर्दिया प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला बर्दिया बारबर्दिया नगरपालिका- ९ का ३२ वर्षीय निराजन राजवंशी,  सोही नगरपालिका वडा नम्बर ५ का  ४० वर्षीय नविन कुमार चौधरी, वडा नम्बर २ का ३५ वर्षीय राम प्रसाद थारु, राजापुर नगरपालिका वडा नम्बर  ८ का ४५ वर्षीय बसन्त कुमार शर्मा, राजापुर नगरपाऐका- ७ का ४६ वर्षीय कमल गुरुङ, मधुवन नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय नारायण क्षेत्री,  सोही नगरपालिका- ७ का ५२ वर्षीय घनश्याम दवाडी, गुलरिया नगरपालिका वडा नम्बर १ का  ३७ वर्षीय चेतन खनाल, गुलरिया-१ कै ३५ वर्षीय आसुतोष कुमार यादव, सोही वडाकै ३२ वर्षीय दुर्जन थारु, गुलरिया-२ का ४० वर्षीय रविन्द्र यादव, गुलरिया-४ का ३६ वर्षीय नारायण गिरी, गुलरिया-७ का ४८ वर्षीय श्याम शर्मा, सुर्खेतको पंचपुरी नगरपालिका वडा नम्बर  ७ का  ४८ वर्षीय देव बहादुर शाही र  सुर्खेतको चौकुने गाँउपालिका वडा नम्बर ८ का ३६ वर्षीय हरिचन्द्र बुढा रहेका छन् ।

बर्दिया प्रहरीले पक्राउ परेका १५ जनालाई हिरासतमा राखेर जुवाऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाएको जनाउँदै मोबाइल अनलाइन ट्रान्जेक्सन बारेमा पनि आबश्यक जानकारी लिने कार्य भइरहेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्