धनगढीमा प्रहरीमाथि चक्कु आक्रमणको प्रयास गर्ने युवक पक्राउ

बुधबार, माघ ३०, २०८१
Honor 600 pro

काठमाडौं । कैलालीको धनगढीको व्यस्त चोकमा ड्युटीमा रहेका नेपाल प्रहरीका कर्मचारीमाथि चक्कु प्रहारको प्रयास भएको छ। 

गए राति सवा ८ बजेको समयमा धनगढीको ट्राफिक चौराहमा हरहर महादेव भन्दै हिडेका एक युवकले प्रहरीमाथि चक्कु हान्ने प्रयास गरेका हुन् ।  प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन्।  हातमा चक्कु लिएर हरहर महादेव भन्दै हिडिरहेका उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई लखेटेर चक्कु हन्न्ने प्रयास गरेपनि ती प्रहरीलाई चक्कु लाग्न सकेन।

ती युवकलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई लखेटेर चक्कु हान्ने प्रयास गरेको भिडिओ भाइरल बनेको छ। 

ती युवकलाई जिल्ला प्रहरी कैलालीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको बताइएको छ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्