सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नरैनापुर,बाँके । बाँकेको नरैनापुर गाँउपालिका- २ स्थित मियाँ पुर्वामा विगत डेढ सय बर्षदेखि हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला आजबत सुरु भएको छ ।
नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर मियाँपुर्वामा आज देखि सुरु भएको मेलाको लुम्बिनी प्रदेश सभा सदस्य एंव पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमूनाले उद्घाटन गरिन।
१८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ ।
नरैनापुरको मियाँपूर्वामा लाग्दै आएको मेलालाई महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा खलिफा नुर अहमद शाहको मेलालाई लिइन्छ । बाँके, बर्दिया, सुर्खेत र भारतको उत्तर प्रदेशका श्रद्धालुहरु ठूलो संख्यामा आउने भएकोले यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा उक्त मेलालाई लिने गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरको मेलाले सामाजिक सदभाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्ने काम गरेको बताइन् । नमुनाले भनिन् , ‘यस मेलाले फरक समुदायलाई एकै ठाउँमा पनि जोडेको छ।’
उदघाटन कार्यक्रमका बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एंव जनता समाजबादी पार्टी नेपालकि केन्द्रीय सदस्य अम्बिका काफलेले भनिन्,“नरैनापुरको मेलाले विभिन्न समुदायलाई एकै ठाउँमा जमघट गराउने माध्यम बनाइदिएको रहेछ, सामाजिक सद्भावको विकास र केही नयाँ कुरा सिक्ने अवसर जुराएको छ, यहाँको सिकाइ अन्यत्र पनि प्रयोग गर्नु अति उपयोगी हुनेछ, यसले एकापसमा आत्मीयताको भावना बढाउँदै जानेछ ।”,
कार्यक्रममा बोल्दै नेपाली काग्रेश बाँके क्षेत्र नं १ का सभापति पोषण केसीले, सामाजिक रीतिरिवाज, सम्बन्ध स्थापना, अनुशासन, मेलमिलाप, आपसी सहयोगजस्ता सम्बन्ध मेलाले विस्तार गर्ने जिकिर गरेका थिए ।
कार्यक्रममा बोल्दै जसपा नेपालका लुम्बिनी प्रदेशका मुख्य सचिव राजन राना मगरले“अन्य ठाउँको तुलनामा यहाँको मेला बेग्लै खालको पाइयो, नयाँ ठाउँ भए पनि नौलोपनको आभास भएन”, उनले भने, “भाइचाराको सम्बन्ध स्थापित, पारिवारिक र आनन्ददायी वातावरण देख्दै लोभलाग्दो छ, ऐतिहासिक र पौराणिक मेला भएको उल्लेख गरे ।
नरैनापुर गाँउपाालिकाका अध्यक्ष सैयद इश्तियाक अहमद शाहले भने,'जन्मजन्मान्तरसम्म सामाजिक र धार्मिक दृष्टिले गरिएकासबै पाप नाश भएर जाने धार्मिक विश्वासले पनि यो मेलामा टाढा टाढाबाट श्रद्धालुहरु आउने गरेका छन्।'
उनले नरैनापुरमा रहेको धार्मिक स्थलहरुलाई पर्यटकिय गन्तव्य रुपमा विकास गर्न आफू लागी परेको बताउँदै प्रदेश र संघीय सरकारले सहयोग गर्न जरुरी रहेको बताए ।
सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने यो मेलाको बिशेषता रहेको वडा अध्यक्ष मसूद अहमद शाहले बताए । यसैगरी मेलास्थलमा रहेको खलिफा सैयद नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने स्थानीय विनय दिक्षितले बताउनु भएको थियो । मेला एक सातामा संचालन हुने वडा नं. १ का अध्यक्ष इसाक जोलाहले जानकारी दिए ।
कार्यक्रममा जसपा नेपाल बाँकेका अध्यक्ष कौशल धोबी, सचिव सूर्यलाल यादव, बिनय दिक्षित लगायतले मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन नरैनापुरका विपत शाखा प्रमुख भरत महतोले गरेका थिए ।