क्रसर उद्योगहरु सञ्चालन गराउन माग

बिहीबार, साउन १८, २०८०
honor mob  winter sales

काठमाडौं । कानून बमोजिम दर्ता भएका उद्योगहरू नवीकरण गरी तत्काल सञ्चालन गर्ने वातावरण बनाउन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले  माग गरेको छ । 

Honor x7 pad

नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको हो । 

महासङ्घले लामो समयदेखि सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नवीकरण नभएसम्म क्रसर उद्योगहरू बन्द गरिरहेको छ ।

महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालित क्रसर उद्योगहरूको तत्काल नवीकरण गरी क्रसर उत्पादन, उत्खनन तथा बिक्री वितरण गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए। 

उनले तत्कालीन कानून अनुसार दर्ता भई सञ्चालन अनुमति प्राप्त गरी सञ्चालित क्रसर, खानी तथा बालुवा उद्योगको नवीकरण गर्नु सरकारको दायित्व रहेको बताए। 

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्