बाँकेको बैजनाथमा एक युवकको हत्या, दुई जना प्रहरीको नियन्त्रणमा

आइतबार, माघ २७, २०८१
honor mob  winter sales

कोहलपुर बाँकेको बैजनाथ गाउँपालिकामा एक युवकको चक्कु प्रहारबाट हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

 गाउँपालिकाको वडा नम्बर ८ का १८ वर्षीय दिनेश रोकायको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुर सोही गाउँपालिकाका दुई जनालाई पक्राउ गरेको  प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका- ६ का १७ वर्षीय एक किशोर र वडा नम्बर २ का ३५ वर्षीय रामबहादुर राना  रहेका छन् । प्रहरीले पक्राउ परेका ती किशोरको परिचय भने खुलाएको छैन।

प्रहरी प्रधान कार्यालयका अनुसार दिनेशलाई विवाह कार्यक्रममा उनीहरुले माघ २५ गते कुटपिट गर्दै गम्भीर घाइते बनाएका थिए। सुरुमा दिनेशलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइए पनि उपचार सम्भव नभएपछि लखनउ लगिएको थियो। दिनेशको लखनउमा उपचारका क्रममा आज बिहान मृत्युु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार कुटपिटबाट अन्य ६ जना घाइते भएका छन् भने उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ परेका दुई जनासँग थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्