ललितपुरबाट ४ वर्षीय बालकको अपहरण, भियतनामी नागरिक पक्राउ

आइतबार, माघ २७, २०८१
Honor 600 pro

काठमाडौं । ललितपुरको पाटनबाट ४ वर्षीय बालकको अपहरण भएको छ।

जिल्लास्थित ललितपुर महानगरपालिका-१२ पाटनबाट चेपाङ थरका ४ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना भियतनामी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले अपहरणको आरोपमा २३ वर्षीय भियतनामी नागरिक माई होङ्ग किन्हालनलाई पक्राउ गरेको जनाएको छ। माघ २५ गते राति सवा ८ बजे आफ्नो छोरा हराएको भन्दै प्रहरीमा जाहेरी दिए लगत्तै प्रहरी खोजतलासमा खटिएको थियो।

तत्कालै खोजतलासमा निस्किएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा उद्धार गरेको हो।

ती बालकलाई बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले ती भियतनाली नागरिकलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्