'सुन प्रकरणमा मेरो संलग्नता छैन्, छानबिनमा सघाउन तयार छु': कृष्णबहादुर महरा

बिहीबार, साउन १८, २०८०
honor mob  winter sales

काठमाडौं । सुन प्रकरणमा आफ्नो संलग्नता नभएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन् ।

Honor x7 pad

आज बिहान फेसबुकमा एउटा  स्टाटस लेख्दै सुन प्रकरणमा आफ्नो नाम मुछिएको हुँदा आफ्नो यसमा  कुनै किसिमको संलग्नता नभएको जनाएका हुन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गत पुस १० गते विद्युतीय चुरोट (भेप) मा लुकाएर चिनियाँ नागरिक  ली हानसङले ल्याउँदा बरामद गरिएको ९ किलो सुन छुटाउन महरा र उनका छोरा राहुल महराले पटकपटक भन्सार अधिकारीहरूलाई दबाब दिएको सार्वजिनक भएको थियो।

सोही प्रकरणमा नेता महराको नाम मुछिएपछि उनले फेसबुकमा एउटा  स्टाटस लेख्दै सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताउँदै  निस्पक्ष छानबिनमा समेत सहयोग गर्ने बताएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्