गोबिन्द रावत बने हुम्ला जिल्लामै प्रहरीतर्फको पहिलो डीएसपी

शनिबार, माघ २६, २०८१
honor mob  winter sales

काठमाडौं। गोबिन्द रावत हुम्ला जिल्लाकै इतिहासमा  नेपाल प्रहरीको पहिलो प्रहरी नायब उपरीक्षक ( डीएसपी) बनेका छन् ।

Honor x7 pad

हुम्लाको सर्केगाड गाउँपालिका-१ जैर गाउँका प्रहरी निरीक्षक (इन्स्पेक्टर ) गोबिन्द डीएसपीमा बढुवा भएपछि हुम्ला जिल्लाले नै पहिलोपटक प्रहरीको यति ठुलो पदमा जाने प्रहरी अधिकृत पाएको हो।

देशकै सबैभन्दा दुर्गम जिल्ला हुम्लाबाट नेपाल प्रहरीतर्फ  हालसम्म डिएसपीमा बढुवा भएका गोबिन्द भन्दा माथिल्लो दर्जामा कोहि पनि छैन।

प्रहरीमा ७५ जना डीएसपीमा बढुवा हुँदा हुम्लावासी रावत ४५ नम्बरमा बढुवा भएका हुन्। गोबिन्द हाल संयुक्त राष्ट्र संघीय मिशन साउथ सुडानमा कार्यरत छन्।

प्रहरीभित्रकै एक अब्बल प्रहरी अधिकृतका रुपमा चिनिने रावत वि.सं. २०७० मा इन्स्प्केटरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। गोबिन्द संगठन प्रति कतिबद्द भएर कार्य गर्दै आएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्