विवादास्पद अभिव्यक्ति दिएर पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त

बिहीबार, साउन १८, २०८०
honor mob  winter sales

काठमाडौं । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणमा पक्राउ परेकी  अधिवक्ता भगवती पाण्डे थुनामुक्त भएकी छिन् ।

Honor x7 pad

काठमाडौं जिल्ला अदालतले अधिवक्ता पाण्डेलाई  हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अधिवक्ता पाण्डेले आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएर उनलाई  काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो। 

उनीमािथ जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको थियि  । 

प्राइम टेलिभिजको अन्तर्वार्तामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान आपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्