सुर्खेतमा ७ ग्राम ब्राउन सुगर दुई युवक पक्राउ

शुक्रबार, माघ २५, २०८१
honor mob  winter sales

सुर्खेत। सुर्खेतको बीरेन्द्रनगरबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

सुर्खेत सदरमुकाम वीरेन्द्रनगर नगरपालिका-७ शंकरचोकबाट ७ ग्राम २९० मिलिग्राम  ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको सुर्खेत प्रहरीले जानकारी दिएको छ । 

पक्राउ पर्नेहरूमा बीरेन्द्रनगर नगरपालिका-१२ नेवारे बस्ने २५ वर्षीय दिपक कुँवर र बराहताल गाउँपालिका-८ बस्ने २३ वर्षीय डिल बहादुर नेपाली रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार  उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा सुर्किने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्