राइस कुकुर बनाउने बहानामा 'हनी ट्रयाप' युवती प्रहरीको नियन्त्रणमा

बिहीबार, माघ २४, २०८१
honor mob  winter sales

काठमाडौं। प्रहरीले हनी ट्रयापमा संलग्न रहको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ। चितवन जिल्लाको  रत्ननगर नगरपालिका-८  घर भएर काठमाडौं महानगरपालिका-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई प्रहरीले पक्राउ गरेको हो।

Honor x7 pad

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले राइस कुकर बनाउने बहानामा पटक पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिने प्रहरी र परिवारमा समेत भनिदिने भन्दै डर, त्रास देखाएर रकम असुल्ने गरेको खुल्न आएको हो।

अस्मिताले पीडितलाई धाक धम्की र डर त्रास देखाएर बारम्बार गरेर १० लाख रुपैयाँ असुल्न खोजेको अवस्थामा पीडितले दिएको निवेदनका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका-१३ कुलेश्वरबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

अपराध अनुसन्धान कार्यालय अस्मितालाई आपराधिक लाभ सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्