सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । आजदेखि बाँकेमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइँदै च।
पहिलो चरणमा आजदेखि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २२ हजार ५ सय ८९ जना किशोरीलाई फागुन १ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
त्यसैगरी दोस्रो चरणमा माघ ३० गतेबाट राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका गरी ४ वटा पालिकाका १२ हजार ३ सय ६१ जना किशोरीलाई फागुन ६ गतेसम्म खोप लगाउने कार्यक्रम रहेको श्रेष्ठले बताए ।
फोकल पर्सन श्रेष्ठका अनुसार ३ सय ७८ वटा विद्यालयमा अध्ययनरत ३६ हजार ९५० किशोरीलाई खोप लगाउनका लागि जिल्लामा ४ सय ५९ वटा खोप केन्द्र तोकिएको छ । जसमा ३ सय ७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र छन् ।
कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने श्रेष्ठले जानकारी दिएका छन् ।