नेपालगञ्ज उपमहानगर निजामती कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन,अध्यक्षमा रिजाल, निवर्तमान भए बस्नेत

सोमबार, माघ २१, २०८१

नेपालगञ्ज । नेपाल निजामति कर्मचारी युनियन नेपालगञ्ज उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशनले नयाँ इकाई कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । 

अधिवेशनले मनोज कुमार रिजालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्ष खुलामा पूजा बस्नेत, उपाध्यक्ष (समावेशी) मालती बाल्मिकी, सचिव हेमन्त साउद, सहसचिव दुर्गा राना केसी र कोषाध्यक्षमा अनुपमा द्विवेदी सर्वसम्मत चयन भएका छन् । दोस्रो अधिवेशनले राजन कुमार केसी, कृष्ण प्रसाद जोशी, पवन बुढा, जागेश्वर बस्नेत, अमृता दर्लामी, राजबिर बर्नवाल र लक्ष्मी गौडेललाई सदस्य चयन गरेको छ । 

निवर्तमान अध्यक्ष जागेश्वर बस्नेतको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा दोस्रो नगर अधिवेशन सम्पन्न भएको हो । नगर प्रमुख विष्टले अधिवेशन सफलताको शुभकामना ब्यक्त गर्दै नयाँ कार्यसमितिलाई कर्मचारीहरुको हकहित संरक्षण तथा बृत्ति विकासका लागि काम गर्न आग्रह गरे । उनले उत्कृष्ट कार्य सम्पादनका लागि पनि कर्मचारीहरु संवेदनशील बन्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नेपाली कांग्रेस नेपालगञ्ज नगर कार्यसमितिका कार्यबहाक सभापति धनराज बर्मा, नगरपालिका संघका प्रदेश उपाध्यक्ष राजन केसी, केन्द्रिय प्रतिनिधिद्वय राजेश कुमार सेन र नरेन्द्रजंग शाही लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २१:२८
प्रतिक्रिया दिनुहोस्