यी स्थानमा मेघगर्जनसहित भारी वर्षा

बिहीबार, साउन १८, २०८०
honor mob  winter sales

काठमाडौं । देशभर आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

Honor x7 pad

जल तथा मौसम विज्ञान विभागका अनुसार  नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

बागमती र  गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन- चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।कोशी प्रदेशको तराई भू-भाग र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्